ad ad

कारोबार


मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १३:३६, काठमाडौँ

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ। 

मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो। 

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन्। 

आईसीयू, एचसीयू, भेन्टिलेटर र औषधि खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ। 

यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । 

मेगा बैंकले आप्mना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसंगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .