कारोबार


ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १६:८, काठमाडौँ

ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। 

वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा गरेका थिए।

विश्वविद्यालय क्याम्पस, जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्तगत विभागीय भवनदेखि मूल सडकसम्म करिब १०० चाँप, धुपी तथा विभिन्न प्रजातीका बिरुवाहरु रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।

कार्यक्रममा विश्वविद्यालय जुलोजी विभागका प्राध्यापक डा. राजेन्द्रप्रसाद पराजुली र प्रेमबहादुर बुढा, प्राध्यापकहरु डा. विष्णुप्रसाद भट्टराई, पिताम्बर ढकाल र सन्तोषी श्रेष्ठ लगायत विभागअन्तर्गतका विद्यार्थीहरु एवम् बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad