ad ad

कारोबार


चाडपर्वमा नयाँ गाडीसँगै नयाँ अफर

चाडपर्वमा नयाँ गाडीसँगै नयाँ अफर

वसन्त अर्याल
भदौ २७, २०७८ आइतबार १२:३७, काठमाडौँ

चाडपर्व सुरु भएसँगै नयाँ गाडी र अफर धमाधम सार्वजनिक भएका छन्। सवारी बिक्रेताले दशैं तिहार लक्षित गर्दै नयाँ गाडी र अफर सार्वजनिक गरेका हुन्।

सवारीसाधन बिक्रेताले यसअघि नै बुकिङ सुरु गरेका गाडी हस्तान्तरण गर्न थालेका छन्। टाटाको नेक्सन ईभी र सफारी निसानको लिफ, हुन्डाईको टुसान, रेनोको काइगर, बीवाईडी ई ६ वितरण सुरु भएका छन्।

गाडी बिक्रेताले नगद छुट, स्क्रयाच कार्ड, बम्पर उपहार घोषणा गरेका छन्। अधिकांश कम्पनीले बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्ग छुटको व्यवस्था गरेका छन्। 

गाडी कम्पनीले कोभिड १९ महामारीको कारण भारतमा पर्याप्त उत्पादन नहुँदा समयमै वितरण गर्न समस्या रहेको बताएका छन्। गत वर्षको तुलनामा गाडीको माग कम भए पनि मागअनुसार समयमै गाडी उपलब्ध गराउन नसकिएको उनीहरुले बताएका छन्। 

हुण्डाई
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ पुस्ताको टुसान सार्वजनिकसँगै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ। 

१६ वर्षदेखि बजारमा रहेको टुसानको चौथो पुस्ता नेपाल भित्रिएको छ।  

हुन्डाईले फ्युचरिस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान चर्चामा रहेको छ।  

टुसानको सुरुवाती मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ।
 
दशैं तिहारमा हुन्डाईका जुनसुकै गाडीको खरिदमा  लक्की ड्रमार्फत एक जनाले बम्पर उपहारमा नयाँ हुन्डाई आई२० गाडी जित्न सक्नेछन्। 

त्यस्तै ३ लाखसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्डमार्फत १ लाखसम्मको थप नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ। 

यसबाहेक ग्राहकले नि:शुल्क १ वर्षसम्मको बीमा र सडक कर   समेत प्राप्त गर्न सक्नेछन् भने ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन्। 



सुजुकी
नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले  यस दशैं तिहारभरका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ। 

योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँबराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क््रयाच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ।
 
साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको छ। यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरूमहरुमा लागू हुनेछ। 

सुजुकीका विभिन्न मोडेलहरुका कारहरुबमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन्। 

सुजुकी ब्रान्डले ब्रेज्जा, एस्प्रेसो, वागेन आ, इग्निस, स्विफ्ट, बलेनो, डिजाएर, सिआज, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ।   

टाटा मोटर्स
नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले शुक्रबारबाट नेक्सन ईभी वितरण सुुरु गरेको छ। कम्पनीले ईभी नेक्सनको बुकिङ करिब ५ सय पुगेपनि डेलिभर गर्न नसकेको जनाएको छ। 

कोभिड माहामारीको कारण भारतमा गाडी उत्पादन घटेसँगै बजार माग अनुसार गाडी ल्याउन नसकिएको कम्पनीले दावी गरेको छ। 

शुक्रबारबाट दैनिक गाडी वितरण गर्दै जाने कम्पनीको भनाई छ। 

सिप्रदी ट्रेडिङले बीएस ६ डिजेल इन्जिनमा टाटा नेक्सनको एक्सजेड प्लस भेरियन्ट ल्याएको छ। 

कम्पनीले यसअघि बीएस ६ पेट्रोल इन्जिनमा मात्रै विक्री वितरण गर्दै आएको थियो। 
  
टाटाले प्यासेन्जर भेहिकल लक्षित अफर १ हप्ताभित्रै सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले कमर्सियल गाडीकोलागि भने हातै खाली नजाने अफर ल्याएको जनाएको छ। 

जसमा टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि।भी, स्मार्ट फोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याकजस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्। 
 
त्यस्तै हप्ताको लक्की ड्रमार्फत बुकिङ्ग गर्ने ग्राहकहरुमध्ये एक जनाले पाउने छन्। ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर  लक्की ड्र मार्फत गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३ जना ग्राहकहरुले थप उपहार प्राप्तगर्ने कम्पनीले उल्लेख गरेको छ।  


 
जिप
जिपको आधिकारीक विक्रेता एमएडब्लू लाइफ अटोमोबाइलले लिजेन्ड्री स्किम ल्याएको छ। कम्पनीले जिप कम्पासको फेसलिफ्ट मोडल नेपाल ल्याएसँगै स्किम सार्वजनिक गरेको हो। 

कम्पनीका अनुसार जिप कम्पास किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा नै गाडी खरिद गर्न पाउने व्यवस्था गरेको छ। 

ग्राहकले कम्तीमा १६ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टबापत बुझाउनुपर्ने हुन्छ भने बाँकी रकम कर्जा सुविधा पाउने छन्। कर्जाको ब्याजदर ६.९९ प्रतिशत रहेको जनाएको छ। 

जिप कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ। कम्पास विभिन्न ९ भेरियन्ट र दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ।

ड्याट्सन
ड्याट्सनले ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ।  नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा ल्याएको छ। 

त्यस्तै १ लाख २५ हजार रुपैयाँ नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने कम्पनीले जनाएको छ। ड्याट्सनले १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था गरेको छ। 

मित्सुबिसी र रेनो
त्यस्तै मित्सुबिसीको आधिकारिक वितरक लियोन मोटर्सले आउटल्याण्डरको प्लगइन हाइब्रिड मोडल नेपाल ल्याएको छ।  

लियोन मोटर्सले यसको मूल्य १ करोड ५५ लाख निर्धारण गरेर बिक्री वितरण गर्दै आएको छ।  

रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो डस्टर बीएस ६ को बुकिङ खुला गरेको छ। करिव एक महिना भित्रै यो गाडी नेपाली बजारमा उपलब्ध भइसक्ने बताइएको छ। गाडीको मुल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। रेनोले यसअघि नेपालमै सस्तो एसयुभी सेगमेन्टको काइगर भित्र्याएको छ। 

फोटोन
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैँ अफर ल्याएको छ। 

फोटोनको नेपालका लागि आधिकारिक वितरक रहेको कम्पनीले ‘सेभ टनाटन अर्न टनाटन स्लोगन’सहित उक्त अफर ल्याएको हो। 

योजनाअन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने, ८० प्रतिशतसम्म फाइनान्स, दुई लाख ५० हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी  दिने कम्पनीले जनाएको छ।

साथै १ वर्षको लागि निःशुल्क बीमा  र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल यो छुट पाइनेछ र पिकअप टुनल्यान्डको लागि पनि छिटै दशैँ अफर आउनेछ।

डीएफएसके
डीएफएसकेले धमका दशै अफर सार्वजनिक गरेको छ। कम्पनीले १० लाख डाउनपेमेन्टमै गाडी उपलब्ध गराउने घोषणा गरेको हो। 

डीएफएसकेले ३ लाख ५० हजार नगद छुट दिएको छ। गाडी एक्सचेञ्ज गर्नेलाई ५० हजार छुट दिने अफर सार्वजनिक गरेको छ। त्यसबाहेक १ वर्षको सडक दस्तुर, सजिलो फाइनान्स सुविधा व्यवस्था गरेको छ। 

नगद छुट नलिने ग्राहकले हरेक डीएफएसके गाडीको खरिदमा प्रिमियम विद्युतीय स्कुटर फ्रिमा उपलब्ध गराउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .