कारोबार


सेयरबजार ओरालो लागेपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

सेयरबजार ओरालो लागेपछि गभर्नरलाई अर्थमन्त्रीको फोन

नेपालखबर
भदौ २१, २०७८ सोमबार १३:२५, काठमाडौँ

सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ। 

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन्। 

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। 

सचिवालयले भनेको छ, ‘उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नुभएको छ।’   

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।  

आइतबार सेयरबजारमा ठूलाे गिरावट आएकाे थियाे। 

बजार परिसूचक नेपसे १०८.२६ अंकले झरेर २८१८.७२ विन्दुमा रोकिएको थियाे। 

तर आज फेरि १ बजेर २१ मिनेट जाँदासम्म सेयरबजार परिसूचक नेप्से ह्वात्तै बढेकाे नेपाल स्टक एक्सचेन्जले जनाएकाे छ। याे समाचार तयार पार्दासम्म नेप्से ११७.४३ अंकले बढिसकेकाे छ। 

पछिल्लाे समय बढिरहेकाे सेयरबजार ओरालाे लागेपछि लगानीकर्ता आत्तिएका थिए। उनीहरुले गभर्नर अधिकारीकाे राजीनामा मागेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad