सुनको मूल्य आज आर्थात् बुधबार घटेको छ। आइतबारदेखि निरन्तर बढिरहेको सुनको मूल्य बुधबार घटेको हो।
आज छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार ९१ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो।
आज प्रतितोला ३ सय रुपैयाँ गिरावट आएको हो।
त्यस्तै चाँदीको मूल्यचाहिँ बढेको छ। मंगलबार १ हजार २ सय प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
27
Shares

प्रतिक्रिया