कारोबार


विश्वकै शक्तिशाली यी नेता कस्तो गाडी चढ्छन्?

विश्वकै शक्तिशाली यी नेता कस्तो गाडी चढ्छन्?

नेपालखबर
कात्तिक २, २०७६ शनिबार १२:६,

विश्वकै शक्तिशाली मानिएका व्यक्तिहरुले कस्ता गाडी चढ्छन् भन्ने कुरा सबैको चसोको विषय बन्ने गरेको छ। कुनै शक्तिशाली देशको राष्ट्रपति वा प्रधानमन्त्रीले आफ्नो गाडी परिवर्तन गरे भने किन परिवर्तन भयो भनेर सामाजिक सञ्जालदेखि मिडियासम्म र व्यापारिक घरानासम्म चर्चाको विषय बन्ने गरेको छ।

यहाँ विश्वका शक्तिशाली व्यक्तिका रुपमा परिचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कस्ता गाडी प्रयोग गरेका छन् र ती गाडीका विशेषता के कस्ता रहेका छन् भनेर चर्चा गर्ने प्रयास गरेका छौं।

अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्प
महाशक्ति राष्ट्रका रुपमा परिचित अमेरिकाका राष्ट्रिपति डोनाल्ड ट्रम्पले क्याडिलाकको लक्जरियर्स गाडी प्रयोग गर्दै आइरहेका छन्। क्याडिलाक अमेरिकन गाडी उत्पादक जेनेरल मोटर्सको एउटा विभाग हो। क्याडिलाकको मुख्य बजार भनेको अमेरिका, क्यानडा र चीन हो। क्याडिलाकलाई विश्वकै लक्जरियर्स गाडीको रुपमा लिने गरिन्छ। यसलाई बम प्रुफ लिमोसिन वा ‘द विस्ट’ भनेर बढी चिनिन्छ।

trump car 1

अटोविक म्यागेजिनका अनुसार यस गाडीको इन्जिन पेट्रोलबाट चल्छ। क्याडिलाक बुलेट प्रुफ गाडी हो। यस गाडीमा विशेष प्रकारको टायर प्रयोग गरिएको छ। कसैले टायरमा क्यामिकल एट्याक गर्दा पनि कुनै क्षति पुग्दैन। गाडीको ढोका ८ इन्च मोटो स्टिलले बनेको छ।

यो गाडीको निमार्ण ट्यांक जस्तै गरी बनाइएको छ। यसको फ्युल ट्यांक ‘सुपर प्रोटेक्टेड’ रहेको छ। यो गाडी सटगन, अश्रु ग्यास, दमकल जस्ता हातहतियार युक्त रहेको छ। यदी कुनै आपतकालीन अवस्था परे त्यसका लागि अक्सिजन, टु पिन्ट (ट्रम्पसंग मिल्ने ब्रड ग्रुप) गाडीमै राखिएको हुन्छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ
चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रयोग गर्ने गाडी चीनमै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको एन ५०१ हो। यो गाडी चीनकै सबैभन्दा महँगो गाडी हो। उनी जहाँ जान्छन् त्यहाँ गाडी पनि सँगै लगिएको हुन्छ। केही दिनअघिमात्र नेपाल भ्रमण आएका सीले उक्त गाडी लिएरै आएका थिए।

xi carrr

उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्ने बताइएको छ। गाडीले ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता राख्दछ।
४०२ हर्सपावर रहेको उक्त गाडी टुबोचाज्र्ड भी८ इन्जिन रहेको छ। गाडीको ह्विलवेस ३९ सय एमएम रहेको छ। ६ हजार ३९५ एमएम लम्बाई तथा २ हजार ४ एमएम चौडाइ र १ हजार ७२० एमएम उचाइ गाडीको रहेको छ।

रुसका राष्ट्रपति भ्लादमिर पुटिन
विश्वकै शक्तिशाली व्यक्तिमा पर्ने भ्लादमिर पुटिनले चढ्ने गाडी ‘औरस सिनेट’ ब्रान्डको बम र बुलेट प्रुफ गाडी हो। औरस सिनेट रुसको ‘नामी’ भन्ने अटोमोबाइलसम्बन्धी रिसर्च गर्ने संस्थाले उत्पादन गरेको गाडी हो। यो हातहतियार युक्त लक्जरियर्स गाडी हो। यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चढ्ने ‘द विस्ट’ संग दाज्ने गरिन्छ।

Valadimir putins Car

यो ८ सिलिन्डर, ५९८ हर्स पावर भएको ४.४ लिटर हाइब्रिड भी ८ इन्जिनमा ‘रन फ्लट’ बुलेटप्रुफ टायर भएको गाडी हो।
गाडीको पछाडिबाट इमरजेन्सी निस्कन सक्ने गरी डिजाइन गरिएको छ। ६ सेमीको बलियो सिसा, एयर कम्पेसर सिस्टम, क्यामेरा फिट गरिएको सिसा, भिडियो कन्फेरेसिङ स्क्रिन र इन्टरटेन्मेन्ट सिस्टम गाडीमा छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वै शक्तिशाली व्यक्तिमध्ये एक हुन्। उनले भारतमा दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भएपछि थप शक्तिशाली बनेका छन्। त्यसैले उनी प्रधानमन्त्री हुँदा कुन गाडी प्रयोग गर्छन् भन्ने उहिले पनि त्यत्तिकै चासोको विषय बन्ने गरेको छ।

प्रधानमन्त्री मोदीले पहिला ‘आर्मड बीएम डब्लू सिरिस ७’ प्रयोग गर्नेगर्थे । हाल उनले ‘रेन्ज रोभर’ प्रयोग गर्न थालेका छन्। उनले प्रयोग गर्ने गाडी रेन्ज रोभर ‘यसयुभी’ स्पोर्ट सेन्टिनेल हो।

Narendra Modi car

यसमा गाडीमा खास के छ जसले मोदीको लागि यो उपयुक्त भयो। मोदीले प्रयोग गर्ने रेन्ज रोभर स्पेशल भेहिकल अप्रेसन अन्तर्गत बनेको हो। जसमा ५.० लि. भी८ इन्जिनको गाडी हो जसले ३७५ बीएचपी क्षमताको हो।

यो गाडी २१८ किमी प्रतिघण्टा कुद्न सक्छ। गाडीमा बुलेट रसिस्टेन्ट प्राइभेसी ग्लास प्रयोग गरिएको छ। यो गाडीको माथि र तल १५ केजी टीएन टी ब्लास्टले पनि केही असर गर्न सक्दैन।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad