कारोबार


वैदेशिक रोजगारीमा जानेको संख्या ५५ प्रतिशतले घट्यो

वैदेशिक रोजगारीमा जानेको संख्या ५५ प्रतिशतले घट्यो

नेपालखबर
साउन २४, २०७८ आइतबार ६:५८, काठमाडौँ

नेपालबाट रोजगारीको लागि विदेश जाने युवाको संख्या वर्षेनी घट्न थालेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७७/७८ मा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

विभागका अनुसार आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो। यो क्रमले गत आवमा पनि निरन्तरता पाएको हो।

विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईका अनुसार मुख्यतः कोरोना महामारीका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वर्षेनी घट्न थालेको हो।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या आव २०७६र७७ मा ३ लाख ६८ हजार ४३३ जना थियो। 

आव २०७५/७६ ५ लाख ८ हजार ८ सय २८ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए। श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा १ लाख ६६ हजार ६९८ जना मात्रै वैदेशिक रोजगारीमा गएका हुन्। गत आवमा ७२ हजार ८१ जना कामदार नयाँ श्रमस्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका विभागले जनाएको छ।

नेपालीहरू वैदेशिक रोजगारीको लागि ११६ देशमा गएको विभागको तथ्यांकले देखाएको छ। नेपालबाट सबैभन्दा बढी कामदार कतारमा गएका छन्। गत आवमा कतारमा मात्रै ५४ हजार ९ सय १५ जना कामदार रोजगारीको लागि गएका छन्। 

न्यसैगरी नेपालबाट रोजगारीको लागि धेरै मानिस जाने दोस्रो देश साउदी अरब हो। गत आवमा साउदीमा ४६ हजार ९ सय ६० जना नेपाली कामदार गएका छन्। यसैगरी गत वर्ष यूएईमा ४० हजार ४ सय ७७ कामदार गएको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad