एनआईसी एसिया बैंक र वर्ल्ड लिङ्क कम्युनिकेसन्स लिमिटेडबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ।
सम्झौताबमोजिम एनआईसी एसिया बैंकका ग्राहकहरुले बिहीबारदेखि कात्तिक १६ गते (छठ पर्व)सम्म वर्ल्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैंकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
साथै वर्ल्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वर्ल्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नेछन्। सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वर्ल्ड लिङ्क लि.को तर्फबाट वर्ल्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे।
बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७८ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। बैंकका करिब १८ लाख ग्राहक रहेका छन्।

प्रतिक्रिया