कारोबार


निगमको ओसाका उडान उत्साहजनक

निगमको ओसाका उडान उत्साहजनक

नेपालखबर
असोज ३०, २०७६ बिहिबार १५:३६,

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न सफल भएको जानकारी दिए। ‘निगमको ओसाका उडान नियमित भइरहेको छ। अक्टोबरबाट दुईतर्फी यात्रुको सङ्ख्या बढेको छ। यात्रुको सङ्ख्या प्रति उडान १५० देखि २०० सम्म हुने गरेको छ। यसले हामीलाई उत्साहित बनाएको छ’, उनले भने।

निगमले वाइड बढी ए–३३० जहाजमार्फत जापानको ओसाका कन्साइ इन्टरनेशनल एयरपोर्टमा साताको दुई दिन मंगलबार र शनिबार उडान भर्दै आएको छ। निगमले सो गन्तव्यमा गत भदौ १२ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो। शुरुका दिनमा यात्रुको कमी रहे पनि पछिल्लो समय यात्रुको अकुपेन्सी क्रमशः बढिरहेको र व्यापार पनि सन्तोषजनक रहेको निगमले जनाएको छ। नेपालमा पर्यटकीय याम शुरु भएकाले पनि जापानबाट आउने पर्यटकले गर्दा निगमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा अहिले चलिरहेको गैरआवासीय संघको नेपाली विश्व सम्मेलन, दशैँ, तिहार तथा छठ पर्व आदिका कारण पनि निगमको ओसाका उडानमा अकुपेन्सी बढेको देखिन्छ। निगमले छिट्टै जापानको राजधानी टोकियोको नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडान भर्ने तयारी गरेको छ। टोकियोमा नेपालीको बसोबास बाक्लो भएकाले त्यहाँबाट निगमको व्यापार पनि राम्रो हुने अपेक्षाका साथ निगमले आवश्यक तयारी गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad