ad ad

कारोबार


चार वर्षअघि एसियाकै धनी थिए, अहिले ऋणमा डुब्दै छन् हुई

चार वर्षअघि एसियाकै धनी थिए, अहिले ऋणमा डुब्दै छन् हुई

चिनियाँ घरजग्गा व्यापारी हुई का यान। तस्बिर : फोर्ब्स


युई वांग
साउन १०, २०७८ आइतबार १७:३२,

चिनियाँ नामुद घरजग्गा व्यापारी हुई का यानको धनीसूचीको वरीयता क्रमशः खस्किँदै गएको छ। उनको कुल सम्पत्तिमा गत हप्तामात्रै ३ अर्ब ३५ करोड अमेरिकी डलर गुम्यो। 

यसको कारण थियो– उनको एभरग्रान्डेमा रहेको सेयर मूल्यमा २६ प्रतिशत ह्रास आउनु। 

उक्त कम्पनीको हङकङमा सूचीकृत सेयर बितेको वर्षयता ६८ प्रतिशतले ओरालो लागिसकेको छ। र विश्लेषकहरु भनिरहेका छन्– उछालिँदो ऋण संकट समाधान गर्ने विकल्पबाट उनी विमुख हुँदै गएका छन्। 

चार वर्षअघि एसियाकै धनी व्यक्ति रहेका हुईका लागि यो नाटकीय घटनावृत्ति हो। त्यतिबेला उनी ४५ अर्ब ३० करोड अमेरिकी डलरका धनी थिए। 

आज, उनको सम्पत्ति १७ अर्ब २० करोड डलरमा खुम्चिएको छ। र, यो क्रम जारी छ। अझै कति झर्ला यसै भन्न सकिन्न। 

उनी अहिले कुल ऋण घटाउन संघर्षरत छन्। अर्को ५ प्रतिशतले बढेर गत वर्षसम्म उनको ऋण १९ खर्ब ५० अर्ब युआन (चिनियाँ मुद्रा) अर्थात् ३ खर्ब एक अर्ब अमेरिकी डलर पुगिसकेको छ। 

पहिले–पहिले एभरग्रान्डेलाई कुनै दुःख र झन्झटविनै अगाडि लैजान हुई सफल भएका थिए। त्यति बेला उनी स्वपुँजी राख्नेदेखि ऋण बिक्री गर्नेसम्मका उपाय लगाउँथे। तर अहिलेको समय फरक रहेको बताउँछन् शांघाई माओलियाङ इन्भेस्टमेन्टका उनकै साझेदार शेन चेन। 

‘​​एभरग्रान्डेको ऋण संकट गहिरिँदै गएको छ’, शेन भन्छन्, ‘कम्पनी समस्यामा फस्ने निश्चित छ किनभने यसको नयाँ लगानीमा पुग्ने बाटै छैन र फन्डहरु उठाउन पनि यसले द्रुतगतिमा सम्पत्ति बेच्न पनि सक्दैन।’ 

उदाहरणका लागि वित्तीय संस्थाहरु समेत यसको फन्डिङमा फस्नसक्ने चिन्ता लगानीकर्ताहरुमा परिरहेको छ। उनीहरु तुरुन्तै पैसा फिर्ता मागिरहेका छन्। 

गत हप्ता एउटा स्थानीय अदालतले ऋणदाता चाइना गुआंंग्फा बैंकको अनुरोधमा एभरग्रान्डेको मेनल्यान्ड सब्सिडरी हेङ्ग्दा रियल स्टेट ग्रुपले राखेको १३ करोड २० लाख युआन फ्रिज गरिदियो।  

सोमबार एभरग्रान्डेले बैंकविरुद्ध कानुनी लडाइँको चेतावनी दियो किनभने उसले लिएको ऋणको अवधि अर्को वर्षको मार्च महिनासम्म बाँकी थियो। 

गत बिहीबार उक्त मुद्दामा मिलापत्र भएको कम्पनीले जनाए पनि विस्तृतमा केही खुलाइसकेको छैन। 

सिंगापुरमा रहेको ल्युक्रोर एनालिटिक्सका ऋण विश्लेषक झोउ चुआनयी गुआंग्फाको कार्य एभरग्रान्डेले ऋण तिर्न नसक्ने चिन्ताको उपज भएको बताउँछिन्।   

सन् २०२० को अन्त्यसम्म कम्पनीसँग एक खर्ब ५८ अर्ब ८० करोड युआन पैसा र त्यसबराबरको सम्पत्ति मात्रै रहेको थियो। तर कम्पनीको अरुबाट लिएको रकम नै तीन खर्ब ३५ अर्ब ५० करोड डलर पुगिसकेको छ। यसको भुक्तानी समय १२ महिना मात्रै बाँकी छ। 

‘अहिलेसम्मको सामान्य परिस्थिति हेर्दा बैंकहरु एभरग्रान्डेविरुद्ध अदालत जानेछैनन्’, उनी भन्छिन्, ‘तर ऋणदाताहरु तनावमा पर्दै जाँदा आफ्नो रकम सुरक्षित गर्न चाहनेछन् र बजार पनि वित्तीय संस्थाहरु अदालत जानसक्ने हुँदा चिन्तित अवस्थामा छन्।’ 

एभरग्रान्डेले यसबारे बुझ्न खोज्दा प्रतिक्रिया त दिएको छैन। यही बेला हुई कडा नियामकीय दबाब झेलिरहेका छन् भने अरु ऋणदाता खोज्ने विकल्पको झिनो आशा पनि सकिँदै गएको छ। 

कम्पनीको ब्याजसहितको ऋणको ४० प्रतिशत फिच रेटिङको अनुमानमा ट्रस्ट फाइनान्सिङको छ जुन चीनमा कडाइ गरिएको कम्पनी हो। यसबाहेक एभरग्रान्डेलाई नयाँ ऋणपत्र समेत जारी गर्न नपाउने गरी ‘थ्रि रेड लाइन्स’ नीति लागू गरिएको छ। 

यसका बाबजुद कम्पनीले जुनमा आफ्नै फन्ड प्रयोग गरी ऋणपत्र भुक्तानीको लागि १३ अर्ब ६० करोड हङकङ डलर जुटाएको थियो। त्यसले अन्य ब्याज भुक्तानी गरे पनि छोटो समयका लागि मात्रै शान्ति मिल्यो। 

एभरग्रान्डेले अर्कोको ऋण तिर्न अर्कोसँग पैसा लिने चिन्ता लगानीकर्तामा परेको छ। इसको व्यापार र अन्य भुक्तानीयोग्य व्यावसायिक बिलहरु साढे १३ प्रतिशतले बढेर गत वर्ष ८ खर्ब २९ अर्ब २० करोड युआन पुगेको थियो। 

यी बिललाई प्राविधिक रुपमा ब्याज तिर्नु नपर्ने रुपमा लिइन्छ। यसबाट कम्पनीले आपूर्तिकर्तालाई निश्चित मितिमा सेवा वा वस्तु प्रयोगबापत भुक्तानी गर्न दिन्छ। 

ऋणपत्र वा स्वपुँजी लगानीकर्तालाई तुलना गर्दा बिल होल्डरसँग आफ्नो भुक्तानी दाबी कम प्राथमिकतामा पर्छ। विगत हेर्ने हो भने एभरग्रान्डेले धेरै पटक कमर्सियल बिलमात्रै प्रयोग गरेको छ। तर जुनमा भने कन्स्ट्रक्सन कम्पनीलाई भुक्तानी गर्न सहमति दिएको छ। 

झोउको भनाइमा अहिले सप्लायरहरु एभरग्रान्डेको कमर्सियल बिल स्वीकार्न लालायित छैनन्। त्यसकारण जब कम्पनीसँग पैसा हुन्छ यसले अरु ऋणदातालाई भुक्तानी गर्नुपर्नेछ। 

विश्लेषकहरु भ्ने अझै पनि अर्बपतिहरुले फन्ड उठाएर छुटमा सम्पत्ति बेच्न सक्छन्। अडिटअघिको रिपोर्टअनुसार कम्पनीले सम्पत्ति बेचेर ३ खर्ब २१ अर्ब युआन क्यास जम्मा गरेको थियो। गत वर्ष यसले आफ्नो प्रोपर्टी सर्भिस हङकङमा सूचीकृत गरी एक अर्ब ८० करोड डलर जुटाएको थियो।

अहिले कम्पनीले आफ्नो बोटल वाटर युनिट एभरग्रान्डे स्प्रिङलाई हङकङमा पब्लिकमा रुपान्तरण गर्ने तयारीमा रहेको ब्लुमबर्गले जनाएको छ। तर शांघाइ माओलियाङ शेन भने यसलाई लगानीकर्ताले कसरी लिन्छन् भन्नेबारे जानकारी नभएको बताउँछन्। विशेषगरी यसको मातृकम्पनी नै वित्तीय संकट झेलिरहेको कारण लगानीकर्तालाई लिएर उनी यसो भन्छन्। 

उनी एचएनए ग्रुप र चिप कम्पनी सिंघुवा युनिग्रुपले एभरग्रान्डेको भविष्यको निर्क्योल गर्नसक्ने बताउँछन्। ऋणपत्र र विगतका उधारोले थिचेको प्राप्तिहरुले उनीहरुको व्यवसाय अभिवृद्धि गर्न असफल भएपछि ऋणको भारी बोकेका कम्पनीहरु पुनर्संरचनाकेन्द्रित भएका छन्। 

यस्तोमा विद्युतीय सामग्रीको खुद्रा बिक्रेता सनिङले पनि रोडम्याप तयार गर्न सक्ने ल्युक्रोरकी विश्लेषक झोउ बताउँछिन्। यसका पूर्वप्रमुख अर्बपति झांग जिन्डोङले ऋणको दबाब थेग्न नसकी पद छोडेका थिए। यही महिनाको सुरुमा सनिङले सरकारी लगानीकर्ताको समूहबाट एक अर्ब ३६ करोड डलरको जमानत सुरक्षित गरेको थियो। 

तिनै लगानीकर्ताले यसको १६.९६ प्रतिशत सेयर लिएका थिए। झांग हुईका साथी हुन्। उनले एकपटक एभरग्रान्डेले तिर्नुपर्ने २० अर्ब युआन भुक्तानीको अधिकार छाडेका थिए। 

‘एभरग्रान्डेको लागि रणनैतिक लगानीकर्तालाई ल्याउनु उपयुक्त बाटो हुनसक्छ’, उनी भन्छिन्, ‘तर हुई सँगसँगै आफ्नो नियन्त्रण त्याग्न नचाहन सक्छन्। थोरै थोरै गरी सेयर छोड्न भने सक्छन्।’ फोर्ब्सबाट भावानुवाद 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .