मोबाइल वालेट खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक (पैसा फिर्ता) पाइने भएको छ।
खल्ती डिजिटल वालेट नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो।
यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको कम्पनीको दाबी छ।
प्रयोगकर्ताहरूको लागि रहेको यस अफरले मोबाइल टप अप गर्न पसल धाइरहनुपर्ने र रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्यूनीकरण गरी ग्राहकहरूको पैसा र समयको बचत गर्न उक्त अफर सञ्चालनमा ल्याइएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताए।
एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागू हुने यो अफरअन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आईडी छ। सोही नम्बर खल्तीबाट रिचार्ज गर्नपर्ने हुनेछ। साथै खल्ती केवाईसी पनि भेरीफाई भएको युजर खाता हुनपर्नेछ।
यो योजना गत ७ देखि नै सुरु भइसकेको छ। सीमित समयावधिको मात्र लागि हुनेछ।
क्यासब्याक हरेक नेपाली महिनाअनुसार एक महिनाको अधिकतम सय रुपैयाँ हुनेछ भने त्यसपश्चात् सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ।
आफ्नोबाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ।
साथै रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरू पूरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्रीमा पूरै क्यासब्याक पाएको देख्न सकिनेछ।
१० प्रतिशत क्यासब्याक कसरी प्राप्त गर्ने?
-खल्ती एप को टपअप अप्सनमा गई खल्ती आइडिमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गर्ने
-सबै विवरण ठिक भएको निश्चित गरि ‘ओके’ बटनमा ट्याप गर्ने
Shares

प्रतिक्रिया