ad ad

कारोबार


प्रतिबन्धित रेडबुल बिक्री गर्ने व्यापारीसहित ४ जना पक्राउ

प्रतिबन्धित रेडबुल बिक्री गर्ने व्यापारीसहित ४ जना पक्राउ

नेपालखबर
साउन ६, २०७८ बुधबार १४:४६,

महानगरीय प्रहरी अपराध महाशाखाले प्रतिबन्धित क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। 

महाशाखाले प्रणव स्टोर न्युरोडका सञ्चालक रबिनराज श्रेष्ठ र शक्तिमाता स्टोर कपनका सञ्चालक ओखलढुंगा चम्पादेवीका धनबहादुर श्रेष्ठ, रेडबुल ओसारपसारकर्ताहरू बाँके कोहलपुरका राजु पौडेल र सर्लाही हरीपुरका वीरेन्द्र चौधरीलाई पक्राउ गरेको हो। 

उनीहरुबाट २०२ वटा कार्टुन बरामद भएको प्रहरीले जनाएको छ। 

नेपालमा २०७६ असार २ मा प्रकाशित राजपत्र भाग २ को सूचना १ को प्रकरण ४ को ‘ढ’अनुसार क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ, फ्लेवर सिन्थेटिक ड्रिन्क्सलगायतका पेयपदार्थ बिक्री वितरण गर्न पाइँदैन। 

तर उक्त व्यवस्थाविपरीत व्यापारीहरुले यसको बिक्री जारी राखेको पाइएको छ। 

प्रहरीका अनुसार महाशाखाबाट खटिएको विशेष टोलीले उक्त चार जनालाई गत ५ गते न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन गोठाटारबाट रेडबुल बिक्रीवितरण गर्दागर्दै पक्राउ गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .