ad ad

कारोबार


एनआईसी एसिया बैंकद्वारा घातक रोगको उपचारबापत १० लाख बीमा रकम भुक्तानी

एनआईसी एसिया बैंकद्वारा घातक रोगको उपचारबापत १० लाख बीमा रकम भुक्तानी

नेपालखबर
असार ३०, २०७८ बुधबार १३:२९,

एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत १० लाख बीमा रकम भुक्तानी गरेको छ। 

बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चामत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षीय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो। 

कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पीएई प्रकाशचन्द्र अधिकारीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरे। 

उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ।

बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको कटुवालले बताए। 

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाइ निकै सार्थक लाग्यो। यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढी भएको छ’, उनले भने। 

बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४ सय ८५ जनाभन्दा बढी ग्राहकहरूले बीमाबापतको ३ करोड २० लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .