कारोबार


सामाजिक सुरक्षा कोषमा भएको व्यवस्थाविरुद्ध बैंक तथा वित्तिय संस्थाको प्रदर्शन

सामाजिक सुरक्षा कोषमा भएको व्यवस्थाविरुद्ध बैंक तथा वित्तिय संस्थाको प्रदर्शन

नेपालखबर
असार २२, २०७८ मंगलबार १६:१८,

नवलपुरस्थित कावासाेतीका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति जनाउँदै विरोध प्रदर्शन गरेका छन्।

बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक सुरक्षा कोषमा समावेश हुन नसक्ने विविध बुँदाहरु सहितको ब्यानर प्रदर्शन गरी संयुक्त रुपमा विरोध गरेका हुन्।

कार्यक्रममा कावासोती बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार बास्तोलाले सरकारले जनर्जस्ती लागू गर्न खोजेको सामाजिक सुरक्षा कोषको कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकोले विरोधमा उत्रिएको बताए।

सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरु नै एक आपसमा बाझिएकाले कर्मचारीले दुःखले जम्मा गरेको आर्जन भोलिका दिनमा असुरक्षित हुने देखिएकोले विरोध गर्नुपरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .