कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय स्थानान्तरण गरेको छ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित भवन देखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ।
हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रही बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन गरेका हुन्।
सोसल मिडिया बैंक, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।
Shares

प्रतिक्रिया