एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा सो योजना ल्याएको जनाएको छ।
यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म बृद्धि गराउन सक्नेछन्। यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागी हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ। यो योजना २०७८ साल असार २० गते देखि २०७८ साल असार २४ गते सम्म मात्र लागू हुनेछ।
यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभ मार्फत गरिनेछ र योग्य सहभागीहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ।
थप जानकारीको लागि, एनआईबीएल एस क्यापिटल लिमिटेडको वेवसाइट तथा मुख्य कार्यालय (फोन नम्बर (०१४४२५२८०) मा सम्पर्क गर्न सकिने छ।
Shares
प्रतिक्रिया