ad ad

कारोबार


जलविद्युतमा लगानी गर्न अर्थमन्त्रीद्वारा गैरआवासीय नेपालीलाई आग्रह

जलविद्युतमा लगानी गर्न अर्थमन्त्रीद्वारा गैरआवासीय नेपालीलाई आग्रह

नेपालखबर
असोज २८, २०७६ मंगलबार १०:१३,

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्। अर्थमन्त्री खतिवडाले गैरआवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन पनि दिए।

गैरआवासीय नेपाली संघको मंगलबारबाट काठमाडौंमा सुरु भएको नवौं विश्व सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैरआवासीय नेपालीहरुबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिब ७० अर्ब लगानीको अपेक्षा गरिएको पनि बताए।

अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यकतामा सरकारले जोड दिएको पनि स्पष्ट पारे।

त्यस अवसरमा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा गैर आवासीय नेपालीहरुले गर्दै आएको सहयोगको खुलेर प्रशंशा पनि गरे। कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालको आर्थिक विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरे। उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पूर्वाधार विकासमा जोड दिन सरकारलाई पनि सुझाव दिए।

काँग्रेस नेता महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले संस्थागत क्षमता विकासको कामलाई पनि तीव्रता दिनुपर्ने आवश्यक्ता औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .