कला


त्रिशूली वाङ्मय प्रतिष्ठानको अध्यक्षमा डंगोल

त्रिशूली वाङ्मय प्रतिष्ठानको अध्यक्षमा डंगोल

नेपालखबर
भदौ ८, २०७६ आइतबार ६:८,

त्रिशूली वाङ्मय प्रतिष्ठानको ११औँ साधारणसभाले कवि आरएम डंगोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नुवाकोटका साहित्यकारले विसं २०६६ मा स्थापना गरेको सो संस्थाको कार्यसमितिको उपाध्यक्षमा राजेन्द्रमान डंगोल, महासचिव श्यामराज पाठक, सचिव राजेन्द्र घिमिरे, कोषाध्यक्ष लक्ष्मी रुम्बा चयन भएका छन्।

त्यस्तै सदस्यमा बैरागी जेठा, प्रभाती किरण, पुरुषोत्तम रिजाल, भैरवी ढुंगाना, उत्तम विचार, सन्तोषी अधिकारी र जय ओझा चयन भएका छन्। संस्थाको सल्लाहकार श्रीहरि फुँयाल, शारदारमण नेपाल र दीपक महत रहेका छन्।

सो संस्थाले हरेक दशैँ अगाडि शारदीय कविता उत्सव, ‘त्रिशूली त्रिवेणी’ पत्रिकाको प्रकाशन, मुलुकको विभिन्न भागमा साहित्यिक यात्रा, जल पर्यटन यात्रा, साहित्य र पर्यटन प्रवद्र्धन आदि गतिविधि गर्दै आएको छ। अध्यक्ष डङ्गोलले आगामी दिनमा ती कामको नियमितताका साथै अक्षयकोष खडा गरी राष्ट्रिय र जिल्लास्तरका एक स्रष्टालाई वार्षिकरूपमा पुरस्कार प्रदान तथा मासिक साहित्यिक परिचर्चाजस्ता गतिविधि गरिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad