Draft


नेपाल–खनालले पार्टी विभाजन गरे म त्यो पार्टीमा सामेल हुनेछुः वामदेव गौतम

नेपाल–खनालले पार्टी विभाजन गरे म त्यो पार्टीमा सामेल हुनेछुः वामदेव गौतम

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ७:३२,

नेकपा–एमाले विभाजनको संघारमा रहेका बेला तटस्थ रहँदै आएका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालसँग कुराकानी गरी आफ्ना धारणा राखेका छन्।

उनले पार्टी जटिल मोडमा रहेका बेला आफूले चाल्ने कदमबारे जानकारी गराएका हुन्।

उनले अध्यक्ष ओलीसँग एमालेको स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह गरेका थिए।

तर, अध्यक्ष ओलीले भने ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ। त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन,’ भनी जवाफ दिएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जनाएका छन्।

सुवेदीका अनुसार त्यसको प्रतिउत्तरमा गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेका थिए।

त्यसैगरी गौतमले नेता नेपालसँग पनि अहिलेको सन्दर्भबारे कुराकानी गरेका थिए।

‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन,’ गौतमले भनेका छन्, ‘तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिसतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad