Draft


सिंगापुर उडे प्रधानमन्त्री, एनयूएचमा स्वास्थ्य परीक्षण

सिंगापुर उडे प्रधानमन्त्री, एनयूएचमा स्वास्थ्य परीक्षण

नेपालखबर
साउन १८, २०७६ शनिबार १४:५०,

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन्।

शनिबार राती ९ः४५ बजे सिल्क एयरको जहाजबाट प्रधानमन्त्री ओली सिंगापुर उडेका हुन्। प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डाक्टर दिब्यसिंह शाह सिंगापुर उडेका छन्।

नेपालमा नियमित रुपमा स्वास्थ्य परीक्षण भइरहेको भएपनि थप जाँचका लागि ओली सिंगापुर गएका हुन्। सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटल (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्ने र आराम गर्ने प्रधानमन्त्री ओलीको कार्यक्रम छ।

NUH

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराउने क्रममा चिकित्सकहरुले फलोअपका लागि ओलीलाई सिंगापुर जान सुझाव दिएको बताइएको छ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। यसअघि उनी परीक्षणका लागि भारतको दिल्ली र पछिल्लो समय थाइल्याण्डको बैंकक गएका थिए।

करिब डेढ वर्ष पहिले प्रधानमन्त्रीको शपथ लिनुअघि ओलीले बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेशलन अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए।

करिब एक साता सिंगापुरमा रहँदा ओलीसँग भारतीय एजेन्सीका अधिकारीहरूले गोप्य भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको स्रोतहरूले दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .