ad ad

Draft


बेलायतमा कोरोनाबाट अर्का गोरखा सैनिक यामबहादुर मल्लको निधन

बेलायतमा कोरोनाबाट अर्का गोरखा सैनिक यामबहादुर मल्लको निधन

प्रजय शुक्ल
चैत २९, २०७६ शनिबार १६:१७,

बेलायतमा कोरोना संक्रमणबाट फेरि अर्का नेपालीको मृत्यु भएको छ। स्वीन्डन निवासी पूर्व गोरखा सैनिक ८६ वर्षीय यामबहादुर मल्लको शनिबार निधन भएको हो।

स्वास्थ्य खराब भएपछि चार दिनअद्धि एम्बुलेन्सबाट मल्ललाई अस्पताल लगिएको थियो। उनलाई ज्वरो, रुघाखोकी, पखाला, वान्ता लगायत स्वास्थ्य समस्या देखिएको पावारिक स्रोतले जनाएको छ। अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको हो। अस्पतालले कोरोनाको कारण मल्लको मृत्यु भएको खबर परिवारलाई दिएको छ।

पुर्ख्यौली घर स्याङ्जा वाङिका मल्ल छोराबुहारीका साथ १६ वर्षदेखि बेलायत बस्दै आएका थिए।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने मल्ल सातौं नेपाली हुन्। यो हप्ता मात्रै पाँच नेपालीको ज्यान गएको छ।

यसअघि बेलायतमा भूपू गोरखा सैनिक लीलाबहादुर राई, चेतप्रसाद गुरुङ, मेखबहादुर गुरुङ, शिव श्रेष्ठ तथा प्रशान्त अर्याल र पारिवारिक भेटघाट तथा नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर क्षेत्रीको निधन भएको छ।

बेलायतमा कोरोना संक्रमणबाट शनिबार एकै दिन ९ सय १७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट बेलायतलमा हालसम्म ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ७८ हजार भन्दा बढी यो रोगबाट संक्रमित भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .