प्रवास


पोल्यान्डको वारसा क्षेत्रको अवैतनिक नेपाली वाणिज्यदूतावास बन्द

पोल्यान्डको वारसा क्षेत्रको अवैतनिक नेपाली वाणिज्यदूतावास बन्द

बोधराज सुवेदी


शेरबहादुर परियार
जेठ ६, २०८३ बुधबार १७:१०, मध्य युरोप

पोल्यान्डको वारसास्थित अवैतनिक नेपाली वाणिज्यदूतावास बन्द भएको छ। नेपाल सरकारले वारसाका लागि अवैतनिक वाणिज्यदूत डा. बोधराज सुवेदीलाई पदमुक्त गरेसँगै वाणिज्यदूतावास बन्द भएको हो।

अवैतनिक नेपाली वाणिज्यदूत डा. सुवेदीले वाणिज्यदूतावासको अफिसियल फेसबुक पेजमार्फत मन्त्रिपरिषद्को‌ बैठकले निर्णय गरे अनुसार वारसास्थित वाणिज्य दूतावासको कार्यालय मे १९ (मङ्गलबार) बाट बन्द भएको उल्लेख गरेका छन्।

साथै, कन्सुलर तथा अन्य सबै विषयमा बर्लिनस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न भन्दै दूतावासको फोन नम्बर तथा इमेल सूचनामार्फत जानकारी दिएका छन्।

‘नेपालको लागि काम गर्ने अवसर पाउनु मेरो लागि ठूलो सौभाग्य थियो,’ सुवेदीले नेपालखबरसँग भने, ‘यस अवधिमा सहकार्य र सहयोग प्रदान गर्नुहुने पोल्यान्ड सरकार तथा सबैलाई धन्यवाद। मैले आफ्नो क्षमता र अनुभवअनुसार पोल्यान्डमा रहेका नेपालीलाई सहयोग गर्नुका साथै पोल्यान्ड–नेपाल कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास लिएको छु।’

पदमा रहँदा होस् वा नरहँदा, नेपाल र नेपालीको हितका लागि आफ्नो तर्फबाट सक्दो सहयोग र सहकार्य गर्न सधैं तयार रहेको पनि सुवेदीले बताएका छन्।

९ साउन २०७९ मा शेरबहादुर देउवाको सरकारले सुवेदीलाई पोल्यान्डको वारसा क्षेत्रमा चार वर्षका लागि अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको थियो।

२५ वैशाख २०८३ मा नेपाल सरकार, मन्त्रिपरिषद्को‌ बैठकले सुवेदीलगायत विभिन्न देशका १५ जना अवैतनिक वाणिज्यदूतलाई पदमुक्त गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad