गैरआवासी नेपाली संघ (एनआरएन)ले नयाँ सरकारसँग विश्वसनीय साझेदार बनेर काम गर्ने बताएको छ। प्रधानमन्त्री बालेन्द्र साहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि एक विज्ञप्ती जारी गर्दै एनआरएनले नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदार भएर योगदान दिने बताएको हो।
विज्ञप्तीमा साहको नेतृत्वमा बनेको सरकारले सुशासन, भ्रष्टाचारमुक्त पारदर्शिता र दिगो विकासतर्फ राष्ट्रलाई अग्रसर बनाउनेमा विश्वास रेहेको उल्लेख गर्दै यसले नयाँ सोच स्थापना गर्ने अपेक्षा रहेको बताइएको छ।‘जनताको अभूतपूर्व जनादेशसहित यहाँको नेतृत्वले विगतका परम्परागत अभ्यास तोड्दै विश्व इतिहासमै नयाँ पुस्तालाई शासनको जिम्मेवारी सुम्पिएको उल्लेखनीय उदाहरण प्रस्तुत गरेको छ।’ विज्ञप्तीमा भनिएको छ, ‘यसले नयाँ सोच, ऊर्जा र आशा जगाउँदै जनताको भरोसा पुनः स्थापित गर्ने अपेक्षा बढाएको छ।’
विज्ञप्तीमा प्रधानमन्त्रीको सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गरिएको छ। गर्दछौं।

प्रतिक्रिया