प्रवास


एनआरएनए पोर्चुगलद्वारा ओदिमिरा आगलागी पीडित नेपालीलाई राहत वितरण

एनआरएनए पोर्चुगलद्वारा ओदिमिरा आगलागी पीडित नेपालीलाई राहत वितरण

नेपालखबर
साउन २२, २०८२ बिहिबार १८:२६, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले ओदिमिरा नगरपालिका अन्तर्गत बेजा जिल्लाको फतका क्षेत्रका आगलागी प्रभावित नेपालीलाई राहत वितरण गरेको छ।

एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा भएको राहत वितरण बिफ्रुट कम्पनीमा कार्यरत १६ जना नेपाली श्रमिकलाई वितरण गरिएको हो । 

राहत पाएपछि गुल्मीका लोकु सेनले ‘देश बाहिर पनि नेपाली अभिभावक रहेछन्’ भन्ने अनुभूति गर्न पाएको बताए। 

राहत वितरण कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय समितिका केन्द्रीय सचिव तिलक गैरे, आईसीसी सदस्य राजकुमार गुरुङ, उपाध्यक्षद्वय निर्पेश गिरी र सुदन निउरे, महासचिव गोविन्द बुढाथोकी, सदस्यहरू विनोद केसी, हरि देवकोटा, भवानी शंकर कडेल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad