प्रवास


बेलायतमा श्रीमद्भागवत सप्ताह हुँदै, कथावाचनका लागि आइपुगे कुवेर सुवेदी

बेलायतमा श्रीमद्भागवत सप्ताह हुँदै, कथावाचनका लागि आइपुगे कुवेर सुवेदी

नेपालखबर
साउन १४, २०८२ बुधबार १५:३१, बेलायत

बेलायतवासी नेपालीले आउँदै गरेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रीमद्भागवत सुन्न पाउने भएका छन्। जसका लागि श्रीमद्भागवत कथा सप्ताहमा कथा सुनाउनका लागि वाचक कुवेर सुवेदी बेलायत आइपुगेका छन्। सुवेदी सोमबार साँझ लन्डन उत्रिसकेका छन्।

धर्मदर्शन फाउन्डेसन नेपाल र बेलायत निवासी भक्तजनहरूको सक्रियतामा श्रीमद्भागवत कथा सप्ताह लगाउन लागिएको हो। सप्ताह अगस्ट १२ देखि १८ तारिखसम्म साउथलस्थित विश्वहिन्दू मन्दिरमा आयोजना हुनेछ। कार्यक्रम प्रत्येक दिन साँझ ४ बजेदेखि सुरु हुनेछ।

धर्मदर्शन युट्युब च्यानलमार्फत विश्वभर धार्मिक जागरण, भक्ति–ज्ञान तथा आध्यात्मिक कथा प्रवचन गर्ने सुवेदीले बेलायतमा पनि कथा, प्रवचनका साथै भजनकीर्तन समेत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

१८ महापुराणका प्रवक्ता पण्डित सुवेदीले नेपालका विभिन्न स्थानमा र विशेषगरी चितवनस्थित देवघाट आश्रममा दैनिक तीन सयभन्दा बढी भक्तजनलाई निःशुल्क भोजन तथा बसोबासको व्यवस्था गर्दै आएका छन्। 

सप्ताह कार्यक्रमका साथै १६ अगस्टमा पर्ने श्रीकृष्ण जन्माष्टमीको दिन महोत्सव नै आयोजना हुने फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad