प्रवास


एनआरएनए हंगेरीको अधिवेशन सम्पन्न, अध्यक्षमा नारायण भण्डारी

एनआरएनए हंगेरीको अधिवेशन सम्पन्न, अध्यक्षमा नारायण भण्डारी

नेपालखबर
असार ३१, २०८२ मंगलबार १३:४६, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको अध्यक्षमा नारायणप्रसाद भण्डारी निर्वाचित भएका छन्।

सोमबार सम्पन्न एनआरएनए हंगेरीको दोस्रो अधिवेशनले भण्डारीलाई आगामी दुई वर्षका लागि अध्यक्षको जिम्मेवारी सुम्पेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. राम रोक्का, उपाध्यक्षमा अशोक लकान्द्री, महासचिवमा संजय कार्की, सचिवमा राजनप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा लिलाधर भण्डारी (विनोद) र सहकोषाध्यक्षमा जीवन कामी निर्वाचित भएका छन्।

त्यस्तै, महिला संयोजकमा सुनीता बस्नेत रोक्का र युवा संयोजकमा विनोदबाबु कडायत चयन भएका छन्।

साथै, सदस्यहरूमा हिरा दमाई,वीरेन्द्र थापा, बालमुकुन्द भण्डारी, विकास बज्राचार्य र सनम शेर्पा (विद्यार्थी प्रतिनिधि) चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad