प्रवास


प्रवासी नेपाली मञ्च युरोपको दोस्रो भौतिक बैठक बेल्जियममा हुँदै

प्रवासी नेपाली मञ्च युरोपको दोस्रो भौतिक बैठक बेल्जियममा हुँदै

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८२ मंगलबार १२:३१, आन्त्वर्पेन (बेल्जियम)

प्रवासी नेपाली मञ्च युरोप महादेश समितिको आयोजनामा दोस्रो भौतिक विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी ८ र ९ जुन २०२५ मा हुने भएको छ।

कार्यक्रम बेल्जियमको ऐतिहासिक सहर आन्त्वर्पेनमा बोलाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेल रहनेछन् भने विशेष अतिथिका रूपमा केन्द्रीय सदस्य तथा युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डे तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति अध्यक्ष सञ्जय थापाको सहभागिता रहनेछ।

दुई दिने कार्यक्रममा अन्तर्राष्ट्रिय समिति पदाधिकारीहरू, विभिन्न राष्ट्रिय समितिका अध्यक्ष तथा पदाधिकारीहरू, विभागीय प्रमुख एवं सदस्यहरू, नेकपा एमालेका युरोप तथा अमेरिकास्थित समर्थक गरी करिब ३०० जना सहभागी हुने जानकारी प्रवासी नेपाली मञ्च युरोप महादेश समितिका सचिव शालिक थपलियाले दिए।

प्रवासी नेपाली मञ्च युरोप महादेश समितिका संयोजक मुक्त गुरुङ छन्।

सचिव थपलियाले भने, ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सहभागिताको उत्साहजनक उपस्थिति र व्यवस्थापनको सुदृढताका कारण यो कार्यक्रम ऐतिहासिक र अत्यन्त भव्य हुनेमा हामी पूर्ण विश्वासका साथ अगाडि बढिरहेका छौँ।’

कार्यक्रमको उद्देश्य प्रवासी नेपालीहरूबीच संगठनात्मक सुदृढीकरण, राजनीतिक प्रशिक्षण, आपसी समन्वय र ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउनु रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad