प्रवास


एनआरएनए पोल्यान्डले सार्वजनिक गर्‍यो ६ बुँदे स्पष्टीकरण

एनआरएनए पोल्यान्डले सार्वजनिक गर्‍यो ६ बुँदे स्पष्टीकरण

शेरबहादुर परियार
जेठ २, २०८२ शुक्रबार २०:५०, वारसा (पोल्यान्ड)

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डले संस्थाविरुद्ध एकपक्षीय र भ्रामक समाचारहरू प्रकाशित भएको भन्दै आज एक विज्ञप्ति प्रकाशित गरेको छ।

एनआरएनए पोल्यान्डका कार्यवाहक अध्यक्ष अनिल थापा र महासचिव पवन खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै ६ बुँदे स्पष्टीकरण सार्वजनिक गरेको छ।

संस्थामा आर्थिक पारदर्शिता कायम रहेको, अर्थ समितिबाट आयव्यय विवरण परीक्षण गरी पञ्जीकृत सदस्यलाई उपलब्ध गराएको तथा नयाँ सदस्यता शुल्क अस्वाभाविक नभएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'राहदानी नवीकरण घुम्ती शिविरका लागि बर्लिनस्थित नेपाली दूतावासले सरकारी बजेट अभावले सेवा उपलब्ध गराउन नसकिने भनेपछि संस्थाले सबै व्यवस्थापन गरेर शिविर गरेकोले आर्थिक अपारदर्शिताको आरोप निराधार छ।'

निर्वाचित भएको सात दिनभित्रै व्यावसायिक वकिलमार्फत केआरएसको काम प्रारम्भ गरिएको र हाल उक्त प्रकृया अदालतमा विचाराधीन रहेकाले कानुनअनुसार आफूहरू नै आधिकारिक र वैध रहेकोसमेत विज्ञप्तिमा जिकिर गरिएको छ।

विज्ञप्तिमा सञ्चार माध्यम र कुन शीर्षकको समाचारको स्पष्टीकरण हो भन्नेचाहिँ उल्लेख छैन।

यसअघि नेपालखबरले एनआरएनए पोल्यान्डको वैधानिकतामा प्रश्न उठाउँदै खबर प्रकाशन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad