प्रवास


पोल्यान्डको घुम्ती शिविरमा ८ सय ६३ ले गराए राहदानी नवीकरण

पोल्यान्डको घुम्ती शिविरमा ८ सय ६३ ले गराए राहदानी नवीकरण

शेरबहादुर परियार
चैत २२, २०८१ शुक्रबार २०:३०, वारासा, पोल्यान्ड

युरोपेली मुलुक पोल्यान्डको राजधानी वारसामा भएको राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न भएको छ।

शिविरमार्फत ८ सय ६३ जना नेपालीले राहदानी नवीकरण गरेका छन्।

राहदानी विभाग, काठमाडौँको समन्वयमा पोल्यान्ड समेत कार्यक्षेत्र रहेको जर्मनीस्थित नेपाली राजदूतावास बर्लिनले शिविर सञ्चालन गरेको हो।

शिविर सञ्चालन गर्न नेपाली वाणिज्यदूतावास वारसा र एनआरएनए पोल्यान्डले सहयोग गरेका हुन्।

पोल्यान्डमा झन्डै एक वर्षपछि भएको राहदानी नवीकरण घुम्ती सेवाको आवश्यक बारे नेपालखबरले नियमित खबर प्रकाशित गरेको थियो भने संसदमा समेत आवाज उठेको थियो।

घुम्ती शिविरमा ८ सय ६३ जना सेवाग्राहीले राहदानी नवीकरण र केहीले कन्सुलर सेवा लिएको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिननका नियोग उपप्रमुख सागर प्रसाद फुयालले जानकारी दिए।

निर्धारित समयमा नै शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ। शिविर सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने नेपाली वाणिज्यदूतावास, एनआरएनए, पोल्यान्डको  नेपाली समाज, संघसंस्था, स्वयंसेवक, पत्रकार, कर्मचारी सबैलाई दूतावासको तर्फबाट धन्यवाद छ।

आगामी दिनमा दूतावासको तर्फबाट पोल्यान्डमा हुने कार्यक्रममा पनि यस्तै सहयोगको अपेक्षा गरेको नियोग उपप्रमुख फुयालले बताए।

नियोग उपप्रमुख सागर प्रसाद फुयालको नेतृत्वमा राहदानी विभाग काठमाडौंबाट आएका राजकुमार शाह, सुवास थापा तथा दूतावासका कर्मचारी जितेन्द्र चौधरीको संयुक्त टोलीले रोमानियामा भएको छ दिनको घुम्ती शिविर सकेर पोल्यान्डमा अप्रिल २ देखि आज ४ अप्रिलसम्म शिविर सञ्चालन गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad