अभिनेता पल शाह कतार आउने भएका छन्। मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा शाहसहित नेपाली कलाकारको टोली कतार आउन लागेको हो।
‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ द गोरखा इन्टरटेन्मेट हाउस कतारले इदका अवसरमा आयोजना गर्न लागेको ‘नेपाली इद धमाका– २०२५’मा सहभागी हुन टोली कतार आउने भएको हो।
अभिनेता पलसँगै कतार आउन लागेका गायक तथा सर्जक टङ्क तिमिल्सिना र मोडल तथा डान्सर स्मारिका ढकालले कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने छन्।
३१ मार्चको उक्त कार्यक्रम कतारको अल लुक्तास्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा हुनेछ। कार्यक्रम मध्यान्ह १२:३० बजेबाट सुरु हुने आयोजक टिमले बताएको छ।
साथै, टिकट बिक्रीबाट हुने मुनाफा मानव सेवा आश्रम नेपाललाई जाने समेत जानकारी गराएको छ।
90
Shares

प्रतिक्रिया