प्रवास


डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १८:२५, सिड्नी, अस्ट्रेलिया

एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ। जसमा भुटानीमूलका नेपालीभाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ।

कार्यसमितिको उपाध्यक्षमा दिनेश कठायत, महासचिवमा गगन बिडारी, उपमहासचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा लीला भण्डारी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, विजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम छन्।

एएनओ नेपाललाई पितृभूमि मान्ने नेपालीभाषीहरूको संस्था हो। जसलाई नेपाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले विश्वभर फैलाउने उद्देश्य रहेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सीएम भट्टराईले बताए।

महासचिव भट्टराईका अनुसार संस्थाले नेपाल पुर्ख्यौली भई भुटान, बर्मा, भारतलगायत विभिन्न देशमा छरिएर रहेका नेपालीलाई समेटेको छ।

अस्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए हामी जोगिने बताइन्। यसमा सबैले योगदान दिनुपर्ने भन्दै नेपालीभाषी समुदायलाई नेपालको समृद्धिमा क्रियाशील हुन राजदूत यादवको आग्रह थियो।

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ गीता वाग्ले, अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसनका अध्यक्ष कृष्ण तिवारी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एएनओ उपाध्यक्ष ओम गुरुङले आ-आफ्नो धारणा राखेका थिए।

विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताले नेपालको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अधिकांश वक्ताको धारणा थियो।

गत वर्षको मार्च २४ मा थाइल्यान्डको बैङ्ककमा ३२ देशका नेपालीभाषीले भुटानी नेपालीमूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन गरेका थिए।

यसअघि यसको शाखा बेलायत र पोर्चुगलमा गठन भइसकेको संस्थाका केन्द्रीय सदस्य भीम बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad