ad ad

प्रवास


एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

नेपालखबर
असोज ८, २०७८ शुक्रबार २१:१, काठमाडौँ

गैरआवासीय नेपाली संघको अध्यक्षमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन्।

एनआरएनए उपाध्यक्ष थापाले काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

उनले संघको  २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। 

घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन्। 

'२० वर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिशलाई सफल पार्न अहिले म आएकी हुँ', उनले भनिन्,'आफैँले इच्छा गरे मात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं।’ 

उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन्।

‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिँदैछौं। यो एउटा इतिहास रहनेछ। अर्कोतर्फ महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस्’ थापाले भनिन्।

परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिइन्। 

सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएकाले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन्।

'लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन्। उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो, 'उनले भनिन्‘समयमा नै चुनाव हुनेमा म विश्वस्त छु। परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो। सबै देशहरूलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ।'

अहिले एनआरएनएमा सदस्य १ लाख ५ हजार मात्र रहेकोमा आफु अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउने लक्ष्य रहेको उनले बताइन्। 

‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन्', उनले भनिन्, 'उनीहरूलाई त मतदानको अधिकारबाट बञ्चित छन् त्यो अधिकार सबैले पाउनुपर्छ।’

अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा त्यो एजेन्डालाई प्रमुखताका साथ उठाउने उनले बताइन्।

उनले विदेशमा हासिल गरेका सीपलाई व्यावसायीकरण गर्ने योजना समेत रहेको बताइन्। विदेशबाट एक जना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ। 

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले  उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन्।

घोषणा सभामा  नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। 

दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका निवासी थापा,बेलायतका कुल आचार्य र रसियाका डा.बद्री केसीबीच अध्यक्षमा  प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .