ad ad

अपराध


मुक्का र भाटाले हानेर वृद्धको हत्या, छोरा पक्राउ

मुक्का र भाटाले हानेर वृद्धको हत्या, छोरा पक्राउ

घटनास्थल


गोकुल जोशी
बैशाख १९, २०८० मंगलबार ११:३६, कञ्चनपुर

कञ्चनपुरको पुनर्वासमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

पुनर्वास नगरपालिका–४ कार्की चोकका ७१ वर्षीय धनबहादुर खड्काको हत्या गरेको अभियोगमा प्रहरीले उनका छोरा ३० वर्षीय गणेशलाई मंगलबार बिहान साढे ७ बजेतिर पक्राउ गरेको हो।

बिहान घरबाट भागिरहेको अवस्थामा स्थानीयले देखेपछि उनलाई घेराउ गरिएको थियो। स्थानीयको सहयोगमा आरोपित छोरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय (त्रिभुवनबस्ती) का प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। 

‘सोमबार राति मुक्का प्रहार र बासको भाटाले हिर्काएर गणेशले आफ्नै बुवाको हत्या गरेको खुलेको छ’, प्रहरी निरीक्षक मल्लले भने, ‘उनले उक्त कुरा स्वीकारेका छन्।’ 

घटनास्थलबाट प्रहरीले रगत लत्पतिएको बासको भाटा बरामद गरेको छ।

प्रहरीका अनुसार छोरा गणेश अत्यधिक मात्रामा गाजा र मदिरा खान्थे। बुवा र छोराबीच झैझगडा भइरहन्थ्यो। हिजो राति पनि चर्को स्वरमा वादविवाद भइरहेको छिमेकीको घरसम्मै सुनिएको थियो। दुईजना छिमेकी झगडा छुट्ट्याउन खड्काको घर पुगेका थिए। 

‘उनीहरुले झगडा मिलाउन नसकेपछि सधैँ यस्तै हो भन्दै आफ्नो घरतर्फ गएको बयान दिएका छन्’, प्रहरी निरीक्षक मल्लले भने, ‘बिहान मात्रै घटना सार्वजनिक भएको हो, भाग्दै गरेका छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ।’

पोस्टमार्टमका लागि शव धनगढीस्थित सेती अस्पताल पठाइएको छ।

गणेश लामो समयदेखि लागुऔषध दुर्व्यसनमा फसेको प्रहरीले जनाएको छ। यही विषयमा बुवा–छोराबीच विवाद हुँदा घटना भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .