अपराध


खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा समातिए

खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा समातिए

बालकको शव भेटिएको स्थान।


गोकुल जोशी
पुस ३० , कञ्चनपुर

डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको छ। 

घरनजिकै खाल्डोमा पुरिएको शव निकालिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।

‘शव पूरै सडेको अवस्थामा छ, घटना केही दिनअगाडि भएको जस्तो देखिन्छ,’ उनले नेपालखबरसँग भने, ‘मुचुल्का उठाउँदै छौं।’

हत्याको कारण खुल्न सकेको छैन। घटना अनुसन्धानका लागि मृतक बालककी आमा र सौतेनी आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘घटना शंकास्पद देखिएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ प्रहरी निरीक्षक बडूले भने।

अनुसन्धानका लागि प्रहरीले बालककी आमा ३४ वर्षीया कलामती बोहरा र सौतेनी आमा ३० वर्षीया जानकी बोहरालाई नियन्त्रणमा लिएको हो।

मृतक बालक बोहराको घरमा दुई आमा र उनका दाइ बस्थे। बुवा रोजगारीका लागि भारतमा छन्।

डाँडाखर्कका बोहरा पुस १२ देखि घरपरिवारको सम्पर्कमा थिएनन्। 

पुस २७ गते स्थानीय दानबहादुर विष्टले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। त्यसपछि घरपरिवारसँग बुझ्दा बालक १२ गतेदेखि सम्पर्कमा नरहेको खुलेको थियो। 

बालकको हत्या गरेर शव खाल्डोमा पुरिएको शंका लागेपछि विज्ञ टोली लिएर प्रहरीले उत्खनन गर्दा शव फेला परेको हो। 

पुस ३०, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.