अपराध


औषधि पसलबाट लागूऔषध बरामद, सञ्चालक पक्राउ

औषधि पसलबाट लागूऔषध बरामद, सञ्चालक पक्राउ

नेपालखबर
चैत १८, २०८२ बुधबार १२:२२, काठमाडौँ

धनुषाको मिथिला नगरपालिका-७, ढल्केबरस्थित एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ भने सञ्चालक पनि पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय, ढल्केबरका अनुसार निको फार्मेसीका सञ्चालक ५० वर्षीय रामकुमार महतो पक्राउ गरिएको हो। उनले त्यही अनु मेडिकल हल पनि सञ्चालन गर्दै आएका छन्। 

अनु मेडिकलबाट लागूऔषधको अवैध बिक्री वितरण भइरहेको सूचनाका आधारमा छापा हान्दा ठूलो परिमाणमा लागूऔषध फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसी बताए।

प्रहरीले पसलबाट टापेन्टा ट्याब्लेट ४६० पत्तामा ७ हजार ६ सय पिस, स्पासरेस्ट २० मिलिग्राम ९५ पत्तामा ९५० पिस, डोवेल ७५ मिलिग्राम ६० पत्तामा ६०० पिस तथा डोवेल १०० मिलिग्राम ९४४ पिस बरामद गरेको जनाएको छ। साथै नगद एक लाख ३५ हजार रुपैयाँ पनि बरामद गरिएको उनले जानकारी दिए। 

यसअघि मिथिला नगरपालिका-१० रातुपुलस्थित लालगढबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन जना शंकास्पद युवालाई जाँच गर्दा उनीहरूको साथबाट टापेन्टा ४० पिस र स्पासरेस्ट ४० पिस लागूऔषध फेला परेको थियो। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-५ सिर्थौलीका २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दीपेश साह रहेका छन्।

उनीहरूमाथि सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा लागूऔषध कारोबारमा अनु मेडिकलको संलग्नता खुलेपछि छापा हानेको प्रहरी निरीक्षक केसीले बताए। यसमा थप अनुसन्धान भइरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad