अपराध


सिरहामा १४ वर्षीया किशोरी बलात्कृत, आरोपी फरार

सिरहामा १४ वर्षीया किशोरी बलात्कृत, आरोपी फरार

नेपालखबर
बैशाख १९, २०८० मंगलबार ७:३१, काठमाडौँ

सिरहाको सुखिपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।

किशोरीलाई बलात्कार गरेको आरोप लागेका युवक फरार भएका प्रहरीले जनाएको छ।

सुखिपुर नगरपालिका ३ का ३५ वर्षीय रियाज अन्सारीले केही दिनअघि स्थानीय १४ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन्। 

घटना सार्वजनिक भएपछि आरोपी अन्सारी फरार छन्। किशोरीका अभिभावकले अन्सारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन्।

केही दिनअघि उनले किशोरीलाई ललाइफकाइ बलात्कार गरेका भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्रराज पाण्डेले जानकारी दिए। 

प्रादेशिक अस्पताल सिरहामा किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ। फरार आरोपीको खोजी भइरहेको घटनाको र थप अनुसन्धान सुरु गरिएको पाण्डेले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .