कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ।
मायादेवी गाउँपालिका ४ मा पर्ने सिमावर्ती चाकरचौडामा भारत सिद्धार्थनगर जिल्ला अलिगढवाका ३५ वर्षीय इरशाद खानमाथि गएराति गोली प्रहार भएको हो।
कम्मर र काँधमा गरी दुई गोली लागेका उनको भारतको गोरखपुरमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले जानकारी दिए।
सीमावर्ती क्षेत्रमा भएकाले भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरि घटनाको अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए।
99
Shares
प्रतिक्रिया