अपराध


त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

नेपालखबर
चैत ३०, २०८२ सोमबार १५:२२, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ। 

सोमबार श्रीलंकाबाट काठमाडौँ आएका भारतीय नागरिक इम्रान अहमदलाई गाँजासहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। कोलम्बोबाट श्रीलंकन एयरलाइन्सको यूएल-१८१ नम्बरको उडानबाट आएका उनलाई विमानस्थलको भन्सार रि-चेकिङ क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले जाँच गर्दा गाँजा भेटिएको हो। 

उनको साथबाट दुई किलोग्राम ९६ ग्राम गाँजा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी प्रवक्ता भट्टले बताए। उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad