मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट करिब १७१ किलो २१ ग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्।
मंगलबार बिहान इलाका प्रहरी कार्यालय, मनहरीको टोलीले राक्सिराङ गाउँपालिका-४ सितताक बस्ने २० वर्षीय अक्कलप्रसाद स्याङतानलाई पक्राउ गरेको छ। पक्राउ परेका अक्कल गाडी चालक हुन्।
भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा. १३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको गाँजा फेला परेको प्रहरीले जनाएको छ। यसमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
33
Shares

प्रतिक्रिया