अपराध


नगरकोटमा मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ

नगरकोटमा मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ

नेपालखबर
चैत ५, २०८२ बिहिबार १४:१०, काठमाडौँ

भक्तपुरको नगरकोटमा दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा कार चालकलाई पक्राउ गरिएको छ। 

बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार चालक गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो। भक्तपुरको चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय तामाङलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

केही दिनअघि कार चालक तामाङले दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालकलाई कारबाही गर्न सामाजिक सञ्जालमार्फत दबाब सिर्जना भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad