कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका भट्टलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले पक्राउ गरेको छ। उनलाई सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरिएको हो।
मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले दिएको विद्युतीय अपराधसम्बन्धी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि वन मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो।
केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।
Shares

प्रतिक्रिया