अपराध


जेनजी आन्दोलनमा काठमाडौँबाट भागेका सात कैदी पक्राउ

जेनजी आन्दोलनमा काठमाडौँबाट भागेका सात कैदी पक्राउ

नेपालखबर
फागुन ४, २०८२ सोमबार १२:५९, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा काठमाडौँका विभिन्न कारागारबाट भागको सात जना कैदीबन्दी पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, खोजतलासका क्रममा काठमाडौँका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका-१ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ मा बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका-४ घर भई हाल काठमाडौँको कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ र कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई हाल काठमाडौँको सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङ पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए। 

त्यस्तै, काभ्रेपलाञ्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका-२ का भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका-३ का अनिस मगर र भारतीय नागरिक सरोसन साह पक्राउ परेका हुन्। उनीहरू डाँका चोरी, मानव बेचविखन, लागूऔषध, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा जेल परेका थिए। 

सातै जनालाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाइएको एसपी भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad