अपराध


भारतबाट ल्याउँदै गरेको नक्कली नोट छाप्ने मेसिनसहित दुई युवक पक्राउ

भारतबाट ल्याउँदै गरेको नक्कली नोट छाप्ने मेसिनसहित दुई युवक पक्राउ

नेपालखबर
पुस २१, २०८२ सोमबार १८:४१, काठमाडौँ

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। 

प्रहरी टोलीले गत साता काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट हजारका ९३ वटा नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा बाराको कलैया उपमहानगरपालिका-२, कबलपुरका २८ वर्षीय गौरीशंकर यादव पनि संलग्न रहेको देखिएको थियो। 

त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा गौरीशंकरलाई पक्राउ गरेको थियो। सोधपुछका क्रममा उनले नक्कली मेसिन राखेर नोट छाप्ने गरेको बताएका थिए। 

गौरीशंकरले बाराको फेटा गाउँपालिका-३ मा भारतको मोतिहारी लाला टोलको पतौनास्थितमा डेरा गरी बस्ने वर्ष २८ वर्षीय रविकुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको बताएका थिए। त्यस्तै, नक्कली नोट नेपालमै छाप्नका लागि आवश्यक सामाग्री भारतबाट ल्याउन लागेको बताएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। 

उनले दिएको सूचनाका आधारमा प्रहरी टोलीले आइतबार भारतबाट बीआर ०५ एएफ २५११ नम्बरको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन ल्याउदै गएको अवस्थामा पक्राउ श्रीवास्तवलाई पक्राउ गरेको भट्टराईले बताए। नक्कली नोट छाप्ने मेसिनसँगै कम्प्युटर, प्रिन्टिङ मेसिनलगायतका सामग्री बरामद गरकेो छ। 

यससँगै उनीहरूबाट ५ वटा गड्डीमा भारतीय रुपैयाँ ५ सय दरका ३१७ वटा नोट पनि बरामद गरेको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad