ad ad

अपराध


नक्कली शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद शेर्पासँग बयान लिइँदै

नक्कली शरणार्थी प्रकरण : कांग्रेसका पूर्वसांसद शेर्पासँग बयान लिइँदै

हिरासतमा रहँदा पूर्वसांसद शेर्पाको टाउकामा चोट लागेपछि ब्यान्डेज गरिएको। शौचालयमा लडेर चोट लागेको प्रहरीको भनाइ छ।


नेपालखबर
जेठ ३, २०८० बुधबार ६:५३, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज (बुधबार) बयान लिइने भएको छ।

यसअघि सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनासँग बयान लिएको छ। 

प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका शेर्पाबारे अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंगलबार २ दिनको म्याद थपेको छ। 

शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। 

उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो। 

यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप उनलाई लागेको छ। 

खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए।

तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्। यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .