ad ad

अपराध


हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न दुई जना १५ वर्षपछि पक्राउ

हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न दुई जना १५ वर्षपछि पक्राउ

नेपालखबर
चैत २६, २०७९ आइतबार १८:२९, काठमाडौँ

नेपालगञ्ज उपमहानगरपालिका-५ घर २८ वर्षीय विकास केसीको हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ओखलढुङ्गा साविक नर्मदेश्वर गाविस–७ देवीथान घर भई ललितपुर टिकाथली बस्ने ५३ वर्षीय भीमबहादुर बुढाथोकी र रामेछाप साविक सालु गाविस–६ घर भई काठमाडौं चाबहिल बस्ने ६८ वर्षीय गुमान ध्वज खड्का रहेका छन्। 

भे१ च ५८१ नम्बरको जिप चालक केसीलाई कपिलवस्तु साविक शिवपुर गाविस-१ शिवपुरस्थित महेन्द्र राजमार्गमा २०६४ चैत ३० गते धारिलो हतियार प्रहारबाट मृत अवस्थामा शव फेला परेको थियो। 

घटनाको थप अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडकमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .