अपराध


महिलाकै चरित्र हत्या आरोपमा ३ महिला पक्राउ, यस्ता छन् घटना

महिलाकै चरित्र हत्या आरोपमा ३ महिला पक्राउ, यस्ता छन् घटना

प्रतिकात्मक तस्बिर


नेपालखबर
चैत १८, २०७९ शनिबार ५:२२, काठमाडौँ

महिलाकै चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ। 

आफ्ना पूर्वप्रेमीसँग भएका गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमान्‌को म्यासेन्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्युरोले जुम्ला घर भई हाल काठमाडौँको नेपालटार बस्ने १९ वर्षकी देवकी न्यौपानेलाई पक्राउ गरेको छ। 

पीडितको जाहेरीपछि ब्युरोले गरेको अनुसन्धानमा उक्त कार्यमा संलग्न रहेको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट शुक्रबारै सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए। 

अर्को घटनामा अनलाइनबाट आफू र साथीको फोटो इडिट गरी फेसबुकमा सार्वजनिक गरेको भन्ने पीडितको आरोपमा काठमाडौँको कोटेश्वर बस्ने मुना त्रिताललाई पनि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। 

निवेदकको फेक प्रोफाइल बनाई अश्लील संवाद गर्नुका साथै सामाजिक सञ्जालबाट बदनाम गराउने गरी भिडियो प्रदर्शन गरेकाले अर्की एक महिलालाई पनि ब्युरोले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ गर्नेमा गोरखा घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने ३९ वर्षकी उर्मिला घिमिरे छन्। तीनैवटा घटनामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .