कपिलवस्तुमा शौचालयको सेप्टिक ट्यांकीभित्र महिलाको शव भेटिएको छ।
शिवराज नगरपालिका-५, चन्द्रौटास्थित निर्माणाधीन रिफ्रेस सेन्टरको भवननजिकै शौचालयको सेप्टिक ट्यांकीभित्र अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो।
शवको सनाखत हुन नसकेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।
शव प्रारम्भिक अनुसन्धान गरी जिल्ला अस्पताल (तौलिहवा, कपिलवस्तु) मा राखिएको छ।
महिलाको वर्ण गँहुगोरो, उचाइँ ५ फिट, कालो कपाल, हरियो सुरुवाल, खैरो सुइटर, रातो कुर्ता, हरियो ब्लाउज लगाएकी छन्। यस्तै दाहिने हातमा राता तीनवटा चुरा र नीलो एउटा चुरा लगाएको हुलिया प्रहरीले सार्वजनिक गरेको छ।
फागुन २१, २०७९, आइतबार
प्रतिक्रिया