अपराध


प्रहरी कार्यालयबाट भागेका थुनुवा पक्राउ

प्रहरी कार्यालयबाट भागेका थुनुवा पक्राउ

नेपालखबर
पुस २१, २०७९ बिहिबार १९:४८, काठमाडौँ

स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ परेका छन्।

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते पक्राउ परेका थिए। पुस १८ गते दोस्रो पटक म्याद थपका लागि अदालत लगेर हिरासतमा राख्ने क्रममा उनी हतकडी फुत्काएर भागेका थिए। 

प्रहरी कार्यालयको बार नाघेर भागेका उनलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हिरा सुनार घाइते भएका थिए। उनलाई दुई दिनपछि बुधबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रबिन्द्र खनालले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .