अपराध


महिलाहरूलाई अश्लिल भिडिओको त्रासमा पार्दै ठगी गर्ने पक्राउ

महिलाहरूलाई अश्लिल भिडिओको त्रासमा पार्दै ठगी गर्ने पक्राउ

नेपालखबर
पुस २१, २०७९ बिहिबार १५:२८, काठमाडौँ

विभिन्न प्रलोभन तथा डर त्रासमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जना पक्राउ परेका छन्।

दार्चुलाको लेकम गाउँपालिका १ का ३५ वर्षीय पदमराज भट्टलाई कैलाली प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

बैंक तथा संघ संस्थाको प्रमुख बताउँदै वास्तविक परिचय लुकाएर उनले विभिन्न व्यक्तिलाई ठगी गरेको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो। 

कैलालीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुअसार भट्टले कैलाली र कन्चनपुरका व्यक्तिलाई ठग्दै आएका थिए। उनले कसैलाई प्रलोभनमा पार्ने र महिलाहरुलाई ललाई फकाई उनीहरुको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिदिन्छु भन्दै ठगी गर्ने गरेको पाइएको छ। 

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई कैलालीको धनगढी उपमहानगरपालिका ३ बाट पक्राउ गरेको हो। उनीबाट ठगीमा परी पीडित भएका अन्य व्यक्तिहरु पनि हुन सक्ने भन्दै प्रमाणसहित जाहेरी दरखास्त दिन प्रहरीले अनुरोध गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .