अपराध


सुनसरीमा घाँटी बटारेर किशोरको हत्या, अनुसन्धान गर्दै प्रहरी

सुनसरीमा घाँटी बटारेर किशोरको हत्या, अनुसन्धान गर्दै प्रहरी

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस २१, २०७९ बिहिबार ६:५३, काठमाडौँ

सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ। पहिचान नखुलेको व्यक्तिले घाँटी बटारेर कोसी–२ का देवराम यादवको १६ वर्षीय छोरा रञ्जीतकुमार  यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। 

किशोरको शव बुधबार बिहान गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मङ्गलबार दिउँसोदेखि एकाएक घरबाट लौकही गएको र हराएका किशोर रञ्जीतको शव बुधबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर नै फालिएको हुनसक्ने प्रहरी नायब उपरीक्षक राईले बताए। शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। 

घटना अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले काम थालेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .